Skip to content

महिला च्याम्पिनसिपमा नेपालले भुटानसँग खेल्दै

कालोपाटी

१५ मिनेट अगाडि

काठमाडौँ । नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । दुईटोलिबीचको खेल भारतको गोवामा रहेको जवहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार दिउँसो पौने ५ बजेदेखि हुनेछ ।

खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् । यी दुईले समूह ‘ए’को पहिलो खेल खेल्न लागेको हुन् । नेपाल प्रतियोगिताको ६ पटकको उपविजेता हो । भुटानले भने हालसम्म प्रतियोगितामा सेमिफाइलनभन्दा माथिल्लो नतिजा आत्मसाथ गर्न सकेको छैन ।

टोलीले सन् २०२२ र २०२४ का संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । साफ च्यम्पियनसिपमा नेपालले हालसम्म भुटानसँग हारको सामना गर्नुपरेको छैन । यी दुईबीच अहिलेसम्म पाँच खेल भएका छन् । जसमा नेपालले चार खेल आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ ।

यी दुईले पहिलोपटक सन् २०१४ को साफ च्याम्पियनसिपमा एक अर्काको सामना गरेका थिए । त्यस खेलमा नेपाल ८–० ले विजयी भएको थियो । सन् २०१६ मा पनि नेपाल ६–० ले नै विजयी भएको थियो । नेपालले सन् २०१९ मा ३–० र २०२२ मा ४–० को जित निकालेको थियो । सन् २०२४ को पछिल्लो संस्करणमा भने यी दुईले गोलरहित बराबरी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार