Skip to content

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश

कालोपाटी

४१ मिनेट अगाडि

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ।

मंगलबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको अदालत स्रोतले जनाएको छ।

प्रसाईंविरुद्ध दर्ता मुद्दामाथिको सुनुवाइपछि अदालतले उनलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार