Skip to content

रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार

कालोपाटी

८ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन् ।

‘सर्वदलीय बैठकमा हामी गएनौं । अर्कै कार्यक्रम भएकाले भ्याएनौं’ अध्यक्ष साम्पाङले भने ।

लामिछानेले आजै सर्वदलीय बैठक बोलाएका हुन् । सिंहदरवारमा बस्ने गरी आह्वान गरिएको बैठकमा प्रमुख पार्टीका सभापतिरअध्यक्षलाई आमन्त्रण गरिएको थियो । तर, श्रम संस्कृति पार्टीका तर्फबाट कोही पनि उपस्थित भएनन् ।

भारत भ्रमण सकेर फर्किएपछि लामिछानेले शीर्ष नेताहरूसँग संवाद गर्न लागेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार