Skip to content

‘करमा बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार छु’:अर्थमन्त्री वाग्ले

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधनमा कर बढ्दैछ भनेर सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । यदि प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार रहेको उनले बताए ।

आज बिहान सार्वजनिक लेखा समितिको बैठकमा ट्याक्स बढ्दैछ भनेर सूचना दियो भन्ने आरोपलाई ‘ननसेन्स’ भनेर टिप्पणी गरे ।

उनले भने, ‘यसमा प्रमाण ल्याएर आउनुहुन्छ भने म त कठघरामा उभिन तयार छु । ‘अर्बरखर्ब भन्द्याछन् जथाभावी । दुई अर्ब होइन, स्वर्णिम वाग्लेले दुई रुपैयाँ कहीँ बदमासी गरेको छ भने म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, म सार्वजनिक जीवन नै त्याग गर्न तयार छु । मेरो चुनौति हो ।’

उनले अन्य सांसदहरुलाई पनि यो स्तरको आँट राख्न शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार