काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची कार्यान्वयन गर्न असफल भएको निष्कर्ष निकालेको छ।
संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकको बैठकले सरकारको कार्यसम्पादन सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो।
कांग्रेसको निर्णयमा भनिएको छ, ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीहरूको प्रभावकारी कार्यान्वयन नभएका विषयहरूलाई सशक्त रूपमा संसद्मा उठाउने, सरकारका कार्यप्रगतिका नियमित अनुगमन गर्ने र सरकारलाई जवाफदेही बनाउन संसद्मा प्रमुख प्रतिपक्ष दलको हैसियतले थप सक्रिय भूमिका निर्वाह गर्ने।’
मन्त्रालयगत संयोजकद्वारा प्रस्तुत प्रतिवेदनमाथि समीक्षा गरी प्राप्त सुझाव तथा निष्कर्ष अनुसार आवश्यक सुधारात्मक कार्यहरू अगाडि बढाउन तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने समेत बैठकले निर्णय गरेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्