काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारले विधि र प्रक्रिया भन्दा परिणाम दिन्छु भन्दै कानुन विपरीतका काम गर्न उद्धत रहेको बताएका छन् । सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो सुरु भएको समीक्षात्मक कार्यक्रममा सभापति थापाले शाह नेतृत्वको सरकारले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जस्तै काम गर्न थालेको बताए ।
‘विधि र प्रक्रिया केही होइन, परिणाम दिन्छु भनेर सरकार हिँडिरहेको छ,’ थापाले भने, ‘यस्तो अभ्यास हामीले विगतमा पनि देखेको हो, नेकपाको सरकार भन्दा अहिलेको सरकार फरक देखिएन ।’
उनले यस विषयमा सुकुमबासी बस्ती उठाउने विषयलाई उदाहरण दिए । कानुन बनाएर भूमिहीनको समस्या समाधान गर्न सकिने भए पनि सामाजिक सञ्जालमा वाहवाही पाउन पहिला घर भत्काइदिएको थापाले बताए ।
थापाले शाह नेतृत्वको रास्वपाको एकल सरकार नागरिकको जीवन ९लाइफ० भन्दा सामाजिक सञ्जालको लाइक (लोकप्रियता) मा लाग्दा समस्यामा परेको बताए । ‘यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ, त्यसैमा लागेको छ। भूमिहीनहरूको समस्या कानुन बनाएर समाधान गरेको भए सामाजिक सञ्जालमा लाइक चाहिँ आउँदैनथ्यो, त्यसैले सुकुमबासी बस्तीमा डोजर चलाइयो। सञ्जालमा चर्चा भयो ।’
सभापति थापाले बालुवाटारबाट भन्दा सिंहदरबारबाट शासन गरेको भन्दै उनले प्रधानमन्त्री शाहको प्रशंसा गरे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्