Skip to content

कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं। सरकारले सबै सार्वजनिक निकायमा कार्यरत निजामती कर्मचारीलाई कार्यालय समयमा नेपाल सरकारले तोकेको पोसाक र सम्बन्धित कार्यालयबाट जारी गरिएको परिचयपत्र अनिवार्य रूपमा लगाउन निर्देशन दिएको छ।

भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै मन्त्रालय, आयोग, सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो।

मन्त्रालयका अनुसार राष्ट्रिय सतर्कता केन्द्रको असार २६ गतेको पत्रका आधारमा असार ३२ गते निर्णय गर्दै कार्यालय समयमा नेपाल सरकारले तोकेको किसिम र रङको पोसाक तथा सम्बन्धित कार्यालयबाट जारी गरिएको परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्ने व्यवस्था गर्न भनिएको छ।

उक्त परिपत्रमा सबै सार्वजनिक निकायलाई कर्मचारीले तोकिएको पोसाक र परिचयपत्रको पालना सुनिश्चित गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार