काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाहले सदनलाई उपेक्षा गरेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै अहिलेसम्म प्रधानमन्त्री ७ दिनमा लगभग २ देखि ३ घण्टा संसद्मा उपस्थित भएको बताए।
उनले भने, ‘स्पष्टीकरणको माग निरन्तर उठ्दा भ्रमको उपेक्षाले संसद्को चरम अपमान, अत्यधिक बहुमत र ठूलो आशा, भरोसासाथ बहुमतमा आएको सरकारको नयाँपन भनेको संसदीय प्रक्रियाबाट होइन, फेसबुक स्टाटस बाट चल्ने होरु यो बारेमा अहिले आम जनता पनि जान्न चाहन्छन्।’
नागरिकप्रति राज्यको चरम उपेक्षा, आत्मदाह र आत्महत्याको बढ्दो क्रम, कप्तानगन्जको गोली काण्ड र सेना परिचालनको स्थिति हेर्दा धर्म, सम्प्रदाय र संस्कृति बीचको एकता र विशिष्टतालाई गम्भीर चुनौती बनेको बताए।
उनले सुकुम्वासी, लघुवित्त पीडित बिचल्ली, महँगी र आर्थिक मन्दीले जनजीवन कष्टकर बन्दै गएको बताए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्