Skip to content

दीपमाला ढकाल बनिन् ‘मिस नेपाल वर्ल्ड’ २०२६

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं ।मिस नेपाल वर्ल्ड २०२६ को ताज दिपमाला ढकालले जितेकी छन् । द हिडन ट्रेजरले शनिबार काठमाडौंमा आयोजना गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले प्रतिष्ठित ताज जितेकी हुन् ।

दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेसनल २०२५ की विजेता पनि हुन् । फाइनान्स एन्ड इकोनोमिक्समा स्नातक गरेकी उनले विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ‘ब्ल्याकरक’मा काम गरिसकेकी छन् । तर, आमाको अधुरो सपना पूरा गर्ने उद्देश्यका साथ उनले आकर्षक जागिर छाडेर मिस नेपालको प्रतियोगितामा सहभागी हुन नेपाल आउने निर्णय गरेकी थिइन् ।

उनकी आमा रोशनी खरेलले सन् १९९४ मा पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । त्यतिबेला अधुरो रहेको सपना तीन दशकपछि छोरी दीपमालाले मिस नेपालको ताज जितेर पूरा गरेकी छन् ।

सौन्दर्य प्रतियोगितासँगै दीपमाला तेक्वान्दो खेलाडी र म्याराथन धावक पनि हुन् । उनी गैरआवासीय नेपाली समुदायमा समेत सक्रिय रहँदै आएकी छन् ।

यस वर्षको प्रतियोगितामा आर्या निशान्त मिस नेपाल इन्टरनेसनल २०२६ तथा कोसिस सुब्बा मिस नेपाल कस्मो २०२६ घोषित भएका छन् । विजेताहरूले नेपाललाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रतिनिधित्व गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार