काठमाडौं । सिनेमा ‘बाः एक योद्धा’को शीर्ष गीत ‘चढेको बुई नबिर्स’ सार्वजनिक भएको छ । निर्माण पक्षले आज सिनेमाको शीर्ष गीत सार्वजनिक गरेको हो ।
सञ्जीव थापाको शब्द रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन् । गीत पनि संगीतकार लम्सालले नै गाएका हुन् । गीतमार्फत् आफ्नो धरातल नबिर्सन आग्रह गरिएको छ । रुख र जराको नाता तथा माटो र पानीको साथ टुट्यो भने त्यसको अस्तित्व नरहने सन्देश दिएको छ । साथै आफ्नो जन्म दिने बुबाआमा र जन्मिएको माटो नबिर्सन अपिल समेत गरेको छ ।
गीतको भिडियोमा सिनेमाका दिव्यदेव, सुहाना थापा र झरना थापालगायत अन्य कलाकारलाई देख्न सकिन्छ । जसमा बच्चा हुर्काउँदादेखि उनीहरू पराई घर जाँदासम्मको समय र एक्लो भएको बुवाको पीडासम्म समेटिएको छ ।
आगामी भदौ १९ गते प्रदर्शन हुने सिनेमा हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको छ । सिनेमामा नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुबाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू प्रस्तुत गरिएको निर्देशक लम्सालले बताए ।
दिव्यदेव, झरना र सुहानासँगै सिनेमामा माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय रहेको छ ।
निर्देशक लम्साल रचनाकार र गायक पनि हुन् । फिचर सिनेमामा भने यो उनको पहिलो निर्देशकीय सिनेमा हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा पनि लम्सालले नै लेखेका छन् ।
वसन्त लम्साल निर्माता रहेको सिनेमामा अनिल बुढाथोकी कार्यकारी निर्मातामा छन् भने रहेको सह(निर्माता कृष्ण काफ्ले रहेका छन् । शिवराम श्रेष्ठको छायाकंनमा बनेको सिनेमा आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्