Skip to content

प्रसाईंको सहमति विना नै ‘जय नेपाल पार्टी’ दर्ता गर्दै धवल

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । पार्टी निर्माण नहुँदै नागरिक बचाउ महाअभियानु का प्रमुख दुर्गा प्रसाईं र नेता डा। धवलशमशेर राणाबिच गम्भीर खटपट देखिएको छ। प्रसाईंको सहमति विना नै डा. राणाले शुक्रबार जय नेपाल पार्टीु दर्ता गर्ने भएका हुन्।

डा. राणाले बुधबार एक आह्वान पत्र जारी गर्दै साउन २६ गतेको कार्यदलको निर्णयबमोजिम साउन २९ गते शुक्रबार दिनको १२स्१५ बजे निर्वाचन आयोग, कान्तिपथमा दल दर्ता गरिने जनाएका थिए । उनले पार्टीमा आबद्ध नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई सो समयमा उपस्थित हुन समेत अनुरोध गरेका छन्।

यसअघि दुर्गा प्रसाईंले डा. राणामाथि गम्भीर आरोप लगाएका थिए। राणाले राजसंस्था नचाहेको र राणाहरू देशमा भएसम्म राजा नआउने दाबी गर्दै प्रसाईंले भनेका थिए, ‘धवलजीको कुरा सुन्दा पार्टीभित्र सीआईए पसेको जस्तो लागेको छ।’ दरबार हत्याकाण्डबारे राणाले राखेको धारणामा आपत्ति जनाउँदै प्रसाईंले यस्तो विवादास्पद अभिव्यक्ति दिएका थिए।

यता, प्रस्तावित पार्टीको कार्यदलका सदस्यसचिव सगुन सुन्दर लावतीले प्रसाईं सहभागी भए पनि नभए पनि दल दर्ताको प्रक्रिया नरोकिने बताएका छन्। लावतीले प्रसाईंका अभिव्यक्तिहरू व्यक्तिगत भएको र मुकुन्द श्याम गिरीको नेतृत्वमा रहेको कार्यदलले विधिवत रूपमा दल दर्ता गर्ने निर्णय गरिसकेको प्रस्ट पारे। उक्त कार्यदलमा प्रसाईं पक्षको समेत सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार