Skip to content

कान्तिपुर थिएटरमा ‘समर लभ’को प्रेमकथा, मुख्य भूमिकामा अर्पण थापा

कालोपाटी

४७ मिनेट अगाडि

काठमाडौं । सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित नाटक मञ्चन भइरहेको छ । गैरीधारास्थित कान्तिपुर थिएटरमा नाटकको मञ्चन साउन २९ गतेदेखि सुरु भएको हो ।

नाटकका सुरुवाती शो हाउसफुल भइरहेका थिएटरले जनाएको छ । थिएटरले आफ्नो फेसबुक पेजमार्फत खुसी साट्दै लेखेको छ, ‘नाटक ‘समर लभ’ले दर्शकबाट उत्साहजनक साथ पाएको छ। पहिलो तीन दिनका ६ वटै शो अग्रिम रूपमा हाउसफूल भएका छन्।’

कान्तिपुर थिएटरले नै निर्माण गरेको नाटक सम्राट भुजेलले निर्देशन गरेका हुन् । नाटक सिनेमाका चर्चित कलाकार अर्पण थापा मुख्य भूमिकामा छन् । अर्पणले यही नाटकबाट पहिलोपटक रंगमञ्चमा अभिनय गरेका हुन् ।

नाटकमा अन्य कलाकार सागर खनाल, वास्ना तिमिल्सिना, विनिता गिरी, ब्रबिम बस्नेत, रक्षा गौतम, सनम श्रेष्ठ, जानकी बजगाईं, चाँदनी मल्ल, रुपेश बिष्ट, रबिता दथेपुथे, रविना भण्डारी, करण विश्वकर्मा, राजेश राज शाही, निरूता मल्ल, चेतराज भट्टराई, दिया दुमि राई, प्रकाश न्यौपाने र मलिका अधिकारीले अभिनय गरेका छन् ।

नाटक आगामी भदौ २० गतेसम्म मञ्चन हुनेछ। बुधबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः१५ बजे नाटक मञ्चन हुनेछ भने शनिबार दिउँसो १ः१५ बजे अतिरिक्त शो समेत हुने थिएटरले जनाएको छ ।

यसअघि कान्तिपुर थिएटरले अमर न्यौपानेको चर्चित उपन्यास ‘सेतो धरती’ लाई नाटकमा रूपान्तरण गरेर मञ्चन गरेको थियो । उक्त नाटक १०१ शो मञ्चन भयो, जसलाई नेपाली रंगमञ्चमा उल्लेखनीय उपलब्धिका रूपमा लिइएको छ ।

पछिल्लो समय कान्तिपुर थिएटरले नेपाली चर्चित उपन्यासलाई नाटकमा रुपान्तरण गरेर सिनेमाका चर्चित कलाकारलाई रंगमञ्चमा भित्र्याउने कार्य गर्दै आइरहेको छ । चर्चित कलाकार रेखा थापा, जीवन लुइँटेल, बेनिशा हमाल, सनिशा भट्टराई र मनोज गजुरेललगायतलाई रंगमञ्चमा अभिनय गराएको थियो ।

यसअघि कान्तिपुर थिएटरले उपन्यास ‘सेतो धरती’ नाटकमा रुपान्तरण गरेर मञ्चन गरेको थियो । उक्त नाटक १०१ शो मञ्चन भयो । जसले नेपाली रंगमञ्चमा नयाँ इतिहास रच्यो ।

कान्तिपुर थिएटरले पछिल्लो समय नेपाली चर्चित उपन्यासलाई नाटकमा रूपान्तरण गर्दै सिनेमाका चर्चित कलाकारलाई रंगमञ्चमा भित्र्याउने क्रमलाई निरन्तरता दिँदै आएको छ ।

यसक्रममा रेखा थापा, जीवन लुइँटेल, बेनिशा हमाल, सनिशा भट्टराई र मनोज गजुरेललगायत चर्चित कलाकारले रंगमञ्चमा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार