Skip to content

‘मास्टर्नी’लाई ‘एडल्ट’ सर्टिफिकेट, १६ वर्षमुनिका दर्शकले हेर्न नपाउने

कालोपाटी

४१ मिनेट अगाडि

काठमाडौं । सिनेमा ‘मास्टर्नी’ले एडल्ट सर्टिफिकेट पाएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले सिनेमालाई ‘एडल्ट’ सर्टिफिकेट दिएको हो ।

यसर्थ, सिनेमा हेर्न दर्शकको उमेर १६ वर्ष पूरा भएको हुनुपर्नेछ । जसअनुसार सिनेमा १६ वर्षमुनिका दर्शकले हेर्न नपाउने भएका छन् ।

आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमा सुवेन्दु घोषले निर्देशन गरेका हुन् । सिनेमा आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

‘मास्टर्नी’मा प्रियंका कार्की जोशी, मुख्य भूमिकामा छिन् । उनले सिनेमामा एक आदर्श र अनुशासित शिक्षिकाको भूमिका निर्वाह गरेकी छन् । सिनेमाको कथा शिक्षिकाको जीवनमा आउने अप्रत्याशित घटनाक्रम, रहस्य र संघर्षमा आधारित छ ।

प्रियंकासहित सिनेमामा सिम्रन खड्का, दिपकराज गिरी, दिपाश्री निरौला, सन्दिप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापालगायत कलाकारको अभिनय रहेको छ ।

अभिनेत्री प्रियंकाकै कथा रहेको सिनेमामा शान बस्नेतले पटकथा तयार पारेका छन् । भने संवाद लेखनमा प्रियंका र शान दुवैको सहकार्य रहेको छ ।

सिनेमामा प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले लगानी गरेका छन् । सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्मातामा जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार