ट्राफिक प्रहरी कार्यालय उदयपुरले साताव्यापी सचेतनामूलक कार्यक्रम सुरु

Ad
  • कालोपाटी सम्बाददाता

उदयपुर । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले आइतबारदेखि साताव्यापी सचेतनामूलक कार्यक्रम सुरु गरेको छ ।

सडक सुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागी आन्तरिक मामिला तथा कानुन मन्त्रालय १ नं. प्रदेश तथा ट्राफिक प्रहरी कार्यालय प्रदेश नं.१ इटहरी को आयोजनामा प्रदेश का सबै १४ जिल्लामा साताव्यापी सचेतनामूलक कार्यक्रम सुरु गरिएको हो । अभियान पुस १० गतेसम्म सञ्चालन हुनेछ ।

उदयपुर सदरमुकाम गाइघाटमा उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवको उपस्थीतिमा पिपलचोक गाइघाटबाट प्रभातफेरी को आयोजना गरी उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रममा सडक सुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागी सचेतनामुलक प्लेकार्ड सहित स्थानीय प्रतिनिधी, प्रहरी कर्मचारी तथा अन्य सुरक्षा निकायका कर्मचारी, बिभिन्न बिद्यालयका शिक्षक÷शिक्षिका र बिद्यार्थी तथा चालक÷सहचालकहरु सहभागी भएका थिए ।

उदयपुर जिल्लामा गत श्रवण महिना देखी यता मंसिर सम्म ११६ वटा सवारी दुर्घटनामा परी १८ जनाको मृत्‍यु भएको छ भने २१५ गम्भिर घाइते भएका छन । उता राष्ट्रिय गौरवको मदन भन्डारी राजामार्ग अन्तरगत को उदयपुर जिल्लामा पर्ने सडक खण्डमा मात्र यस आर्थिक बर्षमा ५८ वटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्‍यु र ९ जना गम्भिर घाइते हुन पुगेका जिल्ला ट्राफीक प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्