एपीएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । विभागीय टिम एपीएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफले पहिलो जित निकालेको हो । एपीएफलाई जित दिलाउन आशिष लामाले दुई गोल गरे । यस्तै बिकी तामाङको नाममा एक गोल रह्यो । फ्रेन्ड्सका प्रिजेन तामाङले एक गोल फर्काए । फ्रेन्ड्सका हरि कठायतले खेलको २४ औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए । तर, अफसाइड रहेपछि उनको गोलले मान्यता पाएन । एपीएफले ३० औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता बनायो । कप्तान नविन लामाको पासमा पेनाल्टी एरियाको ठिक बाहिरबाट बिकीले उत्कृष्ट गोल गरे ।

खेलको ३२ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई २–० को अग्रता दिलाए । खेलको ५७ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० को अग्रता दिलाए । आवास लामिछानेको पासमा अफसाइड बिट गर्दै उनले सहजै गोल गरे । खेलको ६९ औं मिनेटमा प्रिजेनले पेनाल्टीमा गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को स्थितिमा ल्याए । यस जितसँगै एपीएफले ५ खेलमा ४ अंक जोडेको छ । फ्रेन्ड्सले ५ खेलमा २ अंक जोडेको छ । खेलमा एपीएफका आशिष लामा म्यान अफ दि म्याच चुनिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्