‘नेकपा एमाले बिखण्डनतर्फ जान लागेकोले अब माथि उठ्न नसक्ने’ : नेता खनाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमाले बिखण्डनतर्फ जान लागेको भन्दै अव माथि उठ्न नसक्ने तर्क गरेका छन् ।

काठमाडौँ । बिहीबार काठमाडौंमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा जनताप्रति गरेका प्रतिवद्धता पुरा नगरेको र पार्टीको कार्यदिशा तथा सिद्धान्त नै परित्याग गरेकाले एमाले अब बिखण्डनतर्फ जान लागेको भन्दै अव माथि उठ्न नसक्ने तर्क गरे ।

उनले जनताले शक्तिशालि बनाएको एमालेलाई केपी ओलीले कमजोर बनाएकाले एमाले अव पानीको फोका जस्तै भएको जिकिर गरे । खनालले गएको निर्वाचनमा जनतासंग गरेको प्रतिवद्धतालाई पनि ओलीले तिलाञ्जली दिएको र पार्टीलाई सहि बाटोमा हिडाउन नसकेका कारण आफुहरुले नयाँ बाटो रोजेको उनको भनाई छ । त्यस्तै खनालले पार्टी निर्माणको चार महिनामै आफूहरुले राष्ट्रव्यापी पार्टी बनाइसकेको समेत दावी गरे ।

खनालले समाजवादमा पुगेर मात्र सुखी नेपाली समृद्ध नेपालको पुरा हुने धारणा राखे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्