विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो कार्यभार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राधिकरणले आफ्नो कार्यभार र विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हस्तान्तरण तथा बहिर्गमन कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँडले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई नयाँ चुनौति थपिएको बताए । उनले नेपाल जहिले पनि भूकम्पको उच्च जोखिममा रहेको र अन्य प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकोले त्यसतर्फ समेत भएर व्यवस्थापन प्राधिकरणले काम गर्नुपर्ने बताए । मन्त्री खाँडले अब पुनर्निर्माण प्राधिकरणले गरेको पुनर्निर्माणको अनुभवलाई लिएर व्यवस्थापन प्राधिकरणले देशको पुनर्निर्माणको क्षेत्रलाई उकास्नु पर्ने बताए ।

मन्त्री खाँडले भने , ‘विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई नयाँ चुनौति थपिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका त्यसको उत्तराधिकार यसलाई सम्हाल्नु आफैँमा चुनौतिपूर्ण छ । तर आउने प्राकृतिक विपद् र जोखिमलाई व्यवस्थापन गर्नुपनि चुनौतिपूर्ण नै छ । नेपाल जहिले पनि भूकम्पको उच्च जोखिममा छ । हाम्रो भूगर्भको तल रहेको प्लेटमा हुने धर्षणले कतिबेला कम्पन आउँछ र त्यो कम्पन कतिबेला ठूलो हुन्छ ? अनियन्त्रित हुन्छ भन्न सकिँदैन । त्यस्तै अहिले मौसम परिवर्तनले क्लाइमेट चेन्ज भएको कारणले कतै भारी वर्षा हुने, कतै वर्षा नै नहुने । हिउँतालहरु पनि फुट्ने सम्भावना छ । धेरै वर्षा भइरहेको छ । यसले पनि धेरै असर गरेको छ । बिस्थापित भइसकेको प्राधिकरणले के गर्नु, त्यसैले अब व्यवस्थापन प्राधिकरणलाई यसको चुनौति थपिएको छ ।’

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भएको बताए । उनले यो उपलब्धिको जगमा उभिएर २०३० सम्म विपद् उत्थानशील मुलुकको रुपमा नेपाललाई विकास गर्नुपर्ने बताए । कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणले मुलुक दिगो विकास गर्नका लागि सबै प्रकारका जोखिमबाट सुरक्षित मुलुकको विकास गर्ने एउटा आधार निर्माण गरेको बताए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो, ‘नेपालको पुनर्निर्माण बास्तवमा सफलतापूर्वक सम्पन्न भएको छ । उपलब्धिपूर्ण भएको छ । सन्तोषजनक भएको छ । अब यसको जगमा उभिएर यो अनुभव र सिकाइको जगमा उभिएर २०३० सम्ममा विपद् उत्थानशील मुलुकहरुको रुपमा विकास गर्दै जानुपर्छ भन्ने कुरा नेपाल सरकारको बजेट वक्तव्यमा आएको छ । बास्तवमा हाम्रो मुलुक दिगो विकास गर्नका लागि सबै प्रकारका जोखिमबाट सुरक्षित मुलुकको विकास गर्ने एउटा आधार नेपालको यो भूकम्पपछिको पुनर्निर्माणले प्राप्त गरेको छ ।’

त्यस्तै विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बितेको ६ वर्षमा हासिल गरेको उपलब्धिहरुलाई कायम राख्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए  । उनले ६ वर्षका सीप, ज्ञान र अनुभवलाई नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत पुयाउनु पर्ने बताए ।

कार्यकारी प्रमुख पोखरेलले भने , ‘गएको ६ वर्षमा हासिल गरेको जुन नलेज छ, त्यसलाई राखिरहने काम त्यो अविभारा अहिले हाम्रो प्राधिकरणमा आइपुगेको छ । यो ज्ञान, सीप र अनुभव अन्तर्राष्ट्रिय जगतमा पनि व्यापक गराउनु पर्नेछ । सबैभन्दा ठूलो चुनौति भनेकै कसरी हामी एनआरए जस्तै भएर आगामि दिनहरुमा हरेक नेपालीलाई कसरी छिटो भन्दा छिटो सुरक्षित बनाउन सकिन्छ । भूकम्पसँगै अन्य खालका प्रकोपहरुबाट जनतालाई कसरी जोगाउन सकिन्छ भनेर खाका तयार पार्दैछौँ । हामीले पुनर्निर्माणको एक समूहलाई नै साथमा लिएर संरचना बनाउने जरुरी छ ।’

कार्यकारी प्रमुख पोखरेलले पुनर्निर्माण प्राधिकरणको एक समूहलाई नै संरचनामा ल्याएर काम अघि बढाउने बताए  । उनले निर्माण भएका भौतिक संरचनालाई सदुपयो गर्नु अबको चुनौति रहेको समेत बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्