नेपाल प्रहरीद्धारा औपचारिक माध्यमबाट विप्रेषण पठाउन अनुरोध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल प्रहरीले औपचारिक माध्यमबाट विप्रेषण पठाउन अनुरोध गरेको छ । प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न अनुरोध गरेको छ । प्रहरी प्रवक्ता कुवेर कडायतलका अनुसार, यसरी विदेशी रकम प्राप्त गरेपश्चात ती अमूक व्यक्तिले म तपाईँले भनेको व्यक्तिको नेपालस्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु भन्छन् ।

त्यस्तै, गैरकानुनी तवरमा नेपालमा रहेको बैंक खातामा जम्मा गराइदिने गरेको अनुसन्धानबाट खुलेको छ । ‘साइबर’ जन्य ठगी गर्ने गिरोह सक्रिय रहेको  हुँदा यस्ता झुटा अश्वासनमा नपरी, ठगी हुनबाट जोगिन पनि प्रहरीले अनुरोध गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्