आइतबार सुनको मूल्य १३ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  तेजावी सुन १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ९ सय ९५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ५ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२४७.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्