मंगलबार सुनको मूल्य २ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम सुनको छापावाला सुनको मूल्य १ लाख १ हजार १ सय ६५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ६ सय ९५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२ सय ४३ रुपैयाँ कायम गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्