आइतबार नेप्से परिसूचक २१.०३ अंकले घट्यो !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सेयर बजार ओरालो लागेको छ  । आइतबार २१.०३ अंकले घटेको सेयर बजार २०८८.०७ विन्दुमा पुगेर बन्द भएको हो ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.२९ अङ्कले ओरालो लागेर ३९१.३३ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा ९ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ । कूल १ करोड ८५ लाख ८९ हजार ३ सय ७९ कित्ता सेयर ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८ सय २९ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ३० करोड ४३ लाख २८ हजार बराबरको कारोबार भएको छ ।
हाथवे इन्भेस्टमेन्ट  २९ करोड ५० लाख ९ हजार ५ सय ९४ रुपैयाँ, सोनापुर मिनरल्स र २८ करोड १९ लाख ४५ हजार ७ सय रुपैयाँ, घोराही सिमेन्ट २२ करोड ५२ लाख २२ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोड ३ लाख ७२ हजार ८ सय रुपैयाँ  बराबरको सेयर कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार बोटलर्स नेपाल, कालिका पावर, सामलिङ पावर, बिपीडब्ल्यू लघुवित्त, चिर्खवा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्यज्योती लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
यस्तै, ज्योति विकास बैंकको ऋणपत्र र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा १० प्रतिशतले गिरावट आई नकारात्मक सर्किट लागेको छ ।
हाथवे इन्भेस्टमेन्ट ९.८५, आँखु खोला जलविद्युत् कम्पनी ९.१७ र हिमालयन डिस्टिलरीको सेयरधनीले ६.८७ प्रतिशतले गुमाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्