काठमाडौँ । १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । डेढ वर्षसम्म देउवाले सरकार चलाउने र २०८४ को चुनाव पनि उनैले गराउने ओलीको भनाइ छ ।
आज चीन भ्रमणबाट फर्किएका ओलीले आफूहरुबीच चुनावसम्मको मात्र सहमति भएको बताए ।
चुनावमा बहुमत ल्याउन कोसिस गर्ने र बहुमत नआए सरकार गठनका अरु विकल्पमा जाने ओलीको भनाइ छ ।