आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किँरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका–१२ घर भइ बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । बा ३५ प ५८१८ नम्बरको स्कुटर आएर बागमती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि आगो लगाएकी थिइन् ।

आगलागीबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । उपचारकै क्रममा आइतबार उनको मृत्यु भएको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी वीरेन्द्र गोद्दारले बताए ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्