Skip to content

ज्ञानेन्द्र शाहीको प्रश्न: ‘अर्थमन्त्रीको द्विपक्षीय बैठकमा राष्ट्रिय झण्डा किन राखिएन ?’

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग भएको भेटमा नेपालको राष्ट्रिय झण्डा नराखिएकोप्रति विरोध जनाएका छन् ।

अर्थमन्त्री वाग्ले व्यक्तिगत भ्रमणमा भारत गएको हो कि नेपालको अर्थमन्त्रीको हैसियतमा गएको हो भन्ने प्रश्न उनले गरेका छन् ।

शाहीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै शाहीले यस्तो प्रश्न गरेका हुन् । उनले नेपालको अर्थमन्त्रीको हैसियतमा विदेश भ्रमण गर्दा त्यससँग सम्बन्धित विधि, नीति र कूटनीतिक मर्यादा पालना गर्नुपर्ने बताएका छन् ।

शाहीले लेखेका छन्, ‘भारतको दिल्लीमा नेपालको राजदूतावास छ । तर द्विपक्षीय वैठकमा एउटा नेपाली राष्ट्रिय झण्डासम्म राख्न नसक्नुको कारण के हो ?’

शाहीको भनाइ जस्ताको तस्तै

अर्थमन्त्रीज्यू, स्वर्णिम वाग्ले भारत भ्रमणमा जानुभएको छ। तपाईंको समकक्षी भारतीय अर्थमन्त्रीसँग भेटघाट गर्दा नेपालको राष्ट्रिय झण्डा नराखी बैठक गरिएको छ ।

अर्थमन्त्रीजी, तपाईं व्यक्तिगत रूपमा घुम्न जानुभएको हो कि नेपालको अर्थमन्त्रीको हैसियतमा ?

यदि नेपालको अर्थमन्त्रीको हैसियतमा विदेश भ्रमणमा जाने हो भने त्यसका केही विधि, नीति र कूटनीतिक मर्यादा हुन्छन् । भारतको दिल्लीमा नेपालको राजदूतावास छ। तर त्यहीँ एउटा नेपाली राष्ट्रिय झण्डासम्म राख्न नसक्नुको कारण के हो ?

प्रतिक्रिया दिनुहोस्