Skip to content

काठमाडौं महानगरमा आजदेखि बाइक एम्बुलेन्स सेवा सञ्चालन

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी र आपत्कालीन उद्धारलाई छिटोछरितो बनाउने उद्देश्यले महानगरले बाइक एम्बुलेन्स सेवा सुरु गरेको हो ।

महानगर क्षेत्रभित्रका साँघुरा सडक तथा बढ्दो सवारी चापका कारण परम्परागत एम्बुलेन्सलाई बिरामीसम्म पुग्न कठिन हुने अवस्थालाई मध्यनजर गर्दै यो सेवा सञ्चालनमा ल्याइएको हो ।

बाइक एम्बुलेन्समार्फत आपत्कालीन अवस्थामा बिरामी तथा घाइते भएका व्यक्तिसम्म स्वास्थ्यकर्मीलाई छिटो पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ । यसले विशेषगरी ट्राफिक जाम हुने क्षेत्र र एम्बुलेन्स पुग्न कठिन हुने स्थानमा तत्काल स्वास्थ्य सहायता उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

आपत्कालीन अवस्थामा समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन सके बिरामीको ज्यान जोगाउन तथा स्वास्थ्य जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

महानगरले यसअघि आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पनि साँघुरा सडक र बढ्दो सवारी चापलाई ध्यानमा राख्दै बाइक एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार