Skip to content

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

कालोपाटी

१० मिनेट अगाडि

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ । सहमहामन्त्रीहरूको अन्तिम मत परिणाम आज अपरान्हसम्म सार्वजनिक गरिने निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।

सहमहामन्त्रीको खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अगाडि छन् भने महिलातर्फ प्रतिमा गौतम अगाडि रहेकी छिन् । अन्यको पनि मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।

संयोजक खड्काका अनुसार जनसम्पर्कबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मतगणना अहिले थालिँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार