Skip to content

कांग्रेसको १५ औँ महाधिवेशन: केन्द्रीय सदस्यमा डा. भद्रा पराजुली भण्डारी ३ हजार १६६ मतसहित विजयी

कालोपाटी

२ घण्टा अगाडि

नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फ डा. भद्रा पराजुली भण्डारी पहिलो नम्बरमा विजयी भएकी छन्। उनले ३ हजार १६६ मत प्राप्त गर्दै अन्य प्रतिस्पर्धीलाई पछि पारेकी हुन्।

खस आर्य महिला समूहका लागि ७ हजारभन्दा बढी मत खसेको थियो। उक्त समूहबाट केन्द्रीय सदस्यका लागि विभिन्न उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा जानुका पन्त, गीता देवकोटा, जानकी सिंह, अम्बिका सुवेदी, कृष्णकुमारी बस्नेत, सरिता तिम्सिना पंगेनी, चम्पादेवी खड्कालगायतका उम्मेदवार प्रतिस्पर्धामा थिए।

त्यस्तै, बिन्दु मल्ल ठकुरी, निर्मला वस्ताकोटी, हिरा भट्टराई, सीतादेवी पौडेल, सुजना कार्की, प्रमिला लम्साल, सरस्वती भट्ट, कमला लामिछाने र सीता ज्ञवालीसहित अन्य उम्मेदवार पनि प्रतिस्पर्धामा थिए। सबै प्रतिस्पर्धीलाई पछि पार्दै डा. भण्डारी पहिलो नम्बरमा निर्वाचित भएकी हुन्।

काँग्रेसको खस आर्य महिला समूहबाट ८ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार