Skip to content

असोज एक महिनामै भित्रिए ५ हजार बढी सवारी

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३र८४ को तेस्रो महिना अर्थात् असोजमा मात्रै नेपालमा ५ हजारभन्दा बढी कार, जिप तथा भ्यान आयात भएका छन् । चाडपर्वलाई लक्षित गर्दै भित्रिएका यी सवारीसाधनबाट सरकारले पौने ८ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

भदौमा मात्रै कुल ५ अर्ब ९ करोड रुपैयाँ बराबरका २ हजार १४५ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए । यो सङ्ख्या अघिल्लो महिना साउन को तुलनामा तीन गुणा बढी थियो । साउनमा जम्मा ६८९ युनिट ईभी नेपाल भित्रिएका थिए ।

यसरी भदौ नेपाल भित्रिएका कुल २ हजार ६३२ युनिट प्यासेन्जर कार ईभी, डिजेल, पेट्रोल र हाइब्रिड मध्ये ८१।५ प्रतिशत हिस्सा विद्युतीय गाडीले मात्रै ओगटेको थियो । भदौमा आयात भएका ईभीबाट राज्यले ३ अर्ब २३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । समग्रमा चालू आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा करिब १६ अर्ब बढीका सवारी साधन भित्रिएका छन् । जसबाट राज्यको ढुकुटीमा १२ बढी राजस्व दाखिला भएको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार असोज महिनामा कुल ५ हजार ५७ युनिट चार पाङ्ग्रे यात्रुवाहक सवारी ९कार, जिप र भ्यान० आयात भएका हुन् । असोजमा कुल ९ अर्ब ४७ करोड रुपैयाँ बराबरका यी सवारी साधन आयात हुँदा सरकारले कुल ७ अर्ब ७३ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

आयात भएका कुल सवारी साधनमध्ये सबैभन्दा ठुलो हिस्सा विद्युतीय सवारी (ईभी) को रहेको छ । विभागको तथ्यांकअनुसार एक महिनाको अवधिमा ३ हजार ८०२ युनिट विद्युतीय कार, जिप र भ्यान भित्रिएका छन् । ८ अर्ब ३५ करोड रुपैयाँ बराबरका यी ईभी आयात हुँदा सरकारले ४ अर्ब ८७ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

विद्युतीय सवारी पछि धेरै आयात हुनेमा पेट्रोल इन्जिन भएका गाडी रहेका छन् । असोजमा ७९ करोड रुपैयाँ बराबरको १ हजार ८३ युनिट पेट्रोल कार आयात भएको छ । त्यसैगरी, साढे १८ करोड रुपैयाँ बराबरको ८४ वटा डिजेल कार आयात भएको छ, जसबाट राज्यले ५४ करोड राजस्व पाएको छ ।

विभागका अनुसार सोही अवधिमा ३ करोड ७८ लाख रुपैयाँ बराबरको ९ युनिट पेट्रोल हाइब्रिड कार र ११ करोड ५९ लाख रुपैयाँ बराबरको १३७ युनिट अन्य कार, जिप र भ्यान आयात भएको छ ।

भन्सार तथ्यांक अनुसार असोजमा २२ ब्रान्डका कुल ३६९५ युनिट विद्युतीय कार आयात भएको छ । असोजमा झन्डै २ दर्जन ब्रान्डका ईभी आयात भए पनि केबल ४ ब्रान्डका ६ मोडलले मात्र १०० युनिटको आँकडा पार गरेका छन् ।

जसमा सर्वाधिक आयात हुने ईभी मोडल बनेको छ गत वर्ष मात्रै नेपाल आएको डोङफेङ नामी भिगो । एमएडब्लू वृद्धिले असोजमा मात्रै ८२९ युनिट भिगो नेपाल भित्र्याएको हो ।

असोजमा बीवाइडी एटो २ दोस्रो धेरै आयात भएको छ । साइमेक्स इंकले यो १ महिनामा ६३८ युनिट अटो २ भित्र्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार