काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रकृति र आस्थाको महान् पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सबैमा शुभकामना व्यक्त गर्दै सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
छठ पर्वका अवसरमा सन्देश जारी गर्दैै प्रधानमन्त्री शाहले भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने पर्व मुख्यतया परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गरिने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘छठले हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउँछ, जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ, यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ।’
उनले छठ पर्वले सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्