काठमाडौं । चालु आर्थिक वर्ष २०८३र८४ पहिलो चार महिना (साउन–कात्तिक) मा करिब साढे ५ अर्ब रुपैयाँ बराबरको धानचामल आयात भएको छ ।
भन्सा विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा ५ अर्ब ४१ करोड ४८ लाख २१ हजार रुपैयाँ बराबरको ६८ हजार २ सय २७ टन ९६ करोड ८२ लाख २७ हजार ३ सय (९ किलो) धानचामल आयात भएको छ ।
साउनदेखि कात्तिक मसान्तसम्म वैदेशिक व्यापार तथ्यांक अनुसार गत आव २०८२र८३ को सोही अवधिको तुलनामा धानचामल आयात परिमाणमा ६३.१६ र मूल्यमा ४६.८३ प्रतिशत भारी गिरावट आएको छ ।
गत आव पहिलो चार महिनामा १० अर्ब १८ करोड ४९ लाख ९ हजार बराबरको १ लाख ८५ हजार १ सय ९८ टन धानचामल भित्रिएको थियो ।
अघिल्लो वर्षको तुलनामा चालु आव सोही अवधिमा धानचामल आयात परिमाण १ लाख १६ हजार ९ सय ७० टन र मूल्य ४ अर्ब ७७ करोड ८८ हजार रुपैयाँ घटेको हो ।
चालु आव साउन–कात्तिक अवधिमा १ अर्ब ३ करोड ६९ लाख ९६ हजार रुपैयाँ बराबरको २२ हजार ९ सय २ टन धान मात्रै आयात भएको छ ।
यसमा १ अर्ब ३ करोड ६४ लाख ९५ हजारको २२ हजार ९ सय २ टन र ५ लाख १ हजार रुपैयाँको ६७ किलो धानको बिउ समावेश छ ।
गत आव पहिलो चार महिनामा भने ३ अर्ब ५९ करोड ९० लाख १६ हजार ९६ हजार ९ सय ७० टन धान आयात भएको थियो । जसमा ३ अर्ब ५९ करोड ६७ लाख ५९ हजारको ९६ हजार ९ सय १३ टन धान र २२ लाख ५७ हजारको ५६.५ टन धानको बिउ थियो ।
तथ्यांक तुलना गर्दा गत वर्षको तुलनामा यस वर्ष धान आयात परिमाण ७४ हजार ६७ टन र मूल्य २ अर्ब ५६ करोड २० लाख २० हजार रुपैयाँ घटेको छ ।
यस्तै चालु आव चार महिनामा चामल मात्रै ९खैरो चामल, बासमती, अन्य चामल र कनिका सहित० ४ अर्ब ३७ करोड ७८ लाख २५ हजार बराबरको ४५ हजार ३ सय २४ टन आयात भएको छ ।
गत आव सोही अवधिमा ६ अर्ब ५८ करोड ५८ लाख ९३ हजारको ८८ हजार २ सय २७ टन चामल आयात भएको थियो ।
अघिल्लो वर्षको तुलनामा चामल आयात ४२ हजार ९ सय ३ टन र मूल्य २ अर्ब २० करोड ८० लाख ६८ हजार रुपैयाँ घटेको छ ।
चामलका विभिन्न प्रकारमध्ये चालु आव चार महिनामा बासमती चामल मात्रै २ अर्ब ४५ करोड ८४ लाख ९९ हजार रुपैयाँको १८ हजार ९८ टन आयात भएको छ ।
गत वर्ष सोही अवधिमा २ अर्ब ४४ करोड ८१ लाख ७५ हजार बराबरको २२ हजार ८८ टन बासमती चामल भित्रिएको थियो ।
बासमती बाहेक अन्य सेमिमिल्ड वा होल्लीमिल्ड चामल आयात भने उल्लेख्य घटेको छ । गत वर्ष ४ अर्ब ४ लाख ७९ हजार रुपैयाँ बराबरको ६२ हजार ८ सय ८३ टन आयात भएको चामल चालु आव चार महिनामा १ अर्ब ८९ करोड २० लाख ९९ हजारको २६ हजार ५ सय ७५ टनमा झरेको छ ।
त्यसैगरी कनिका आयात गत वर्षको १३ करोड ३२ लाख १९ हजार रुपैयाँ (३ हजार २ज सय ५२ टन) बाट यस वर्ष २ करोड ७१ लाख ९ हजार रुपैयाँ (६ सय ४९ टन ) मा सीमित भएको छ ।
खैरो चामल पनि गत वर्ष ४ लाख २० हजार रुपैयाँको ३.४ टन आएकोमा यस वर्ष १ लाख १८ हजार रुपैयाँको शून्य दशमलव ८ टन मात्रै आयात भएको छ ।
चालु आव चार महिनामा धानचामल आयातबाट कुल ४४ करोड ६२ लाख ६८ हजार बराबर राजस्व संकलन भएको छ । गत आव सोही अवधिमा भने कुल ७७ करोड ४१ लाख ३२ हजार राजस्व संकलन भएको थियो ।
नेपालको धानचामल आयातमा यस अवधिमा पनि भारतकै एकछत्र वर्चस्व देखिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्