Skip to content

शेयर बजार लगातार ३ दिन बढ्यो, ६ अर्बभन्दा धेरैको कारोबार

कालोपाटी

१० मिनेट अगाडि

काठमाण्डौ । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८.७० अङ्कले बढेर २ हजार ६४७.६५ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स बाहेक सबै समूहको उपसूचक बढेको छ ।

आज १७० वटा कम्पनीको शेयर बढेकोमा १०१ वटाको घटेको छ । ८ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज मुक्तिनाथ कृषिको शेयर ११ प्रतिशतले बढेको छ । समग्रमा बजार उकालो लागेको दिन उन्नति सहकार्य लघुवित्तको शेयर ३.३० प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब ५५ करोडको कारोबार भएकोमा आज ३५६ वटा कम्पनीको १ करोड ६५ लाख कित्ता शेयर ६ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार