Skip to content

थप १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टी, २४ संक्रमीतको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। १० हजार २९७ जनाको परीक्षण गर्दा १ हजार ३८८ जनामा संक्रमण देखिएको हो।

यस्तै, २ हजार २६० जना संक्रमण मुक्त भएका छन्। यससँगै सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ७९६ पुगेको छ।

संक्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण १० हजार ७१४ जनाको मृत्यु भइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्