व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले व्यास–१३ खिरखाँदीबाट ल्याएको खानेपानीको पाइप पहिराले बगाएर क्षति पुगेको छ ।
दुई दिन निरन्तर परेको बर्सातले व्यास नगरपालिका–१३ स्थित धारापानी नजिक डाँडो नै खसेर खानेपानीको पाइप बगाएपछि पानी आपूर्ति बन्द भएको हो । पहिराले खानेपानीको पाइप बगाएर सेतीनदी किनारसम्म पुराएको संस्थाका सचिव राजेश्वर हड्खलेले जानकारी दिए । डोजरले पनि पल्टाउन नसक्ने किसिमका ठूला ठूला ढुङ्गा थुप्रिएको छ । उनले भने , “२०० एमएमको जिआइ पाइप ६५ मिटर बगाएर क्षति भएको छ ।” घटनास्थलको अवस्था हेर्दा एक महिनामा पनि पन्छाएर नसकिने देखिएको उनले बताए । पहिराको क्षतिबाट करिब रु चार लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्