सोमबार काठमाडौंमा १८ औं निजामती सेवा दिवस मनाइएको छ। नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले निजामती कर्मचारी अस्पतालको भविष्य निर्माणका लागि गम्भीर भएर लाग्न सुझाव दिएका छन्।
सोमबार काठमाडौंमा १८ औं निजामती सेवा दिवसको अवसरमा निजामती कर्मचारी अस्पतालले गरेको कार्यक्रममा उहाले अस्पतालको भविष्य भनेको कर्मचारीकै भविष्य भएको भन्दै गम्भीर भएर अस्पताल सञ्चालन गर्न सुझाव दिएका हुन् ।
उहाले अस्पताललाई निजामती कर्मचारी तथा जनताको उपचारको उच्चतम सेवा स्थल बनाउनुपर्नेमा जोड दिए । कर्मचारीले राज्य र जनताका लागि अधिकतम रुपमा सेवा प्रवाह गर्न उहाले निर्देशन दिए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले अस्पतालमा सेवा लिने कर्मचारीको गुनासो आउने गरेको भन्दै यसलाई समाधान गर्न सुझाव दिए । उहाले कर्मचारी जनताका सेवामा नै बसेको भन्दै जनताका लागि अधिकतम काम गर्न आग्रह गर्नुभयो ।
सरकारले निजामती सेवा दिवसका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने ५ बर्षे नारा तय गरेको छ । हेरक बर्ष भदौ २२ गते नेपालमा निजामती सेवा मनाइने गरिन्छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्