काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन आगामी मङ्सिर २४ र २५ गते काठमाडौँमा आयोजना हुने भएको छ । कोरोना महामारीका कारण महाधिवेशन पटक–पटक स्थगन हुँदै आएको थियो ।
सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीका अनुसार सङ्घमा करिब ८०० सदस्य आवद्ध छन् । महाधिवेशनमा विभिन्न जिल्लामा उत्कृष्ट आयुर्वेद सेवा प्रदान गर्ने तथा सम्बन्धित विषयमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने उहाँले बताउनुभयो । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ ।-रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्