नेपालमा बुधबार थप १ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १२ हजार ५ सय २४ पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ३२ र ४ हजार ३ सय २० एन्टीजेन परिक्षणका क्रममा ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६८ हजार ६६५ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार २ सय २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ४३ हजार ५ सय २६ संक्रमित निको भएका छन् ।
हाल २६ हजार ३०३ सक्रिय संक्रमित आइशोलेन र २ सय १८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्