प्रतिस्थापन विद्येयक पारित नभएको अवस्थामा मुलुकको खर्च सञ्चालनमा नै समस्या हुनु गम्भीर बिषय: अर्थविद् डा.चन्द्रमणि अधिकारी

Ad
  • कालोपाटी सम्बाददाता

अर्थविद् डा. चन्द्रमणि अधिकारीले प्रतिस्थापन विद्येयक पारित नभएको अवस्थामा मुलुकको खर्च सञ्चालनमा नै समस्या हुनु गम्भीर बिषय भएको बताएका छन्  ।

रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले समयमै बजेट प्रस्तुत गर्ने, समयमै प्रि–बजेट गराउने कुरा संविधानमै उल्लेख भएपनि राजनीतिक नेतृत्व र सरकार गम्भीर नदेखिएको बताए । अहिले दलहरुले समाधान खोजेर मुलुकलाई निकास दिनुपर्ने उनको भनाई छ । चाँडोभन्दा चाँडो संसद् चल्ने व्यवस्था हुनुपर्ने र प्रतिपक्षले पनि सहयोग गर्नुपर्ने भन्दै उहाले अर्थतन्त्र बिग्रियो भने मुलुक पछि पर्ने बताए ।

त्यस्तै पूर्व मुख्यसचिव डा. विमल कोइरालाले सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदा मुलुक ठूलो समस्यमा परेको बताए । सबै दलहरुका कारण यो अवस्था सिर्जना भएको भन्दै उहाले छिटोभन्दा छिटो बिवादलाई टुँगो लगाउनुपर्ने धारणाा राखे ।

साक्षात्कारमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले अहिलेको अवस्थामा राष्ट्र बैंकले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिदै आपत्तकालिन स्थितिको रुपमा केन्द्रीय बैंकले नेतृत्व लिनुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अहिलेको अवस्थाको अन्त्य छिटोभन्दा छिटो गर्नको लागि सरकारले पहल लिनुपर्ने र दलहरुबीच सहमति हुनुपर्ने बताए ।

उहाले सरकारले नीति परिवर्तन गर्दा निजी क्षेत्रलाई मर्का परेको पनि धारणा राखे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्