संखुवासभामा भएको सामुहिक हत्याकाण्डमा नयाँ तथ्य फेला परेको छ। प्रहरीले आरोपी लोकबहादुर कार्कीका भाइ नरेश कार्कीलाई पनि नियन्त्रणमा लिएको छ। लोकबहादुरका भाइ नरेशसंग पनि सोधपुछ गर्नुपर्ने भएकाले नरेशलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, चैनपुरले बताएको छ।
केहि दिन अगाडी संखुवासभामा ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । सामूहिक हत्यामा ज्यान गुमाउने रञ्जना कार्कीको मोबाइल नरेश को घरमा भेटिएको छ। प्रहरीका अनुसार घटना हुदा नरेश पनि संगै हुन सक्ने र हत्या पछि नरेशले मोबाइल लिएर गएको हुन सक्ने प्रहरीको अनुमान छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्