Skip to content

अष्टलक्ष्मीलाई ओलीको प्रश्न : माधव नेपाल किन चाहियो ?

कालोपाटी

४ वर्ष अगाडि

एमालेका अध्यक्ष केपी शर्मा ओलीले अष्टलक्ष्मी साक्यलाई माधव नेपाल किन चाहियो भनेर प्रस्न गरेका छन्।  काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाइ सो प्रस्न गरेका थिए।

उनले अब माधवकुमार नेपाल आवश्यक नभएको बताएका छन् । उनले पार्टीमा गुटबन्दी गरेर पार्टी फुटाएको आरोप लगाएका थिए   ।

कार्यक्रममा  बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेमै  फर्किन आग्रह गरेकी थिइन् । कालोपाटिले  कार्यक्रमको प्रतक्ष प्रसारण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्