नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै, मन्त्रि टुंगो लगाउनेबारे छलफल हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बिहिबार) पनि बस्ने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार, पार्टीको आगामी १४औँ महाधिवेशन, क्रियाशील सदस्यतालगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन् ।

बुधबार बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनका अन्य दलले मन्त्रि नटुंग्याएकोले आफ्नो पार्टीमा फेरि छलफल गर्ने बताएका थिए ।

तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले हालसम्म मन्त्री नियुक्त गर्दा पार्टीमा छलफल नगरेको भन्दै असन्तुष्टि जनाएको थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्