गुलरिया नगरपालिका–५, सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ बाख्रा चितुवाले मारेको छ । खोरभित्र बाँधिएका २३ बाख्रालाई चितुवाले मारेको तथा करिब तीन लाख बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिए ।
नजिकैको सामुदायिक वनबाट आएको चितुवा राति एक्कासी आएर सबै बाख्रा मारेको पौडेलले बताए । सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मृतावस्थामा फेला परेका र अन्य विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए ।-रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्