मेलम्चीका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब बृद्धि

Ad
  • कालोपाटी सम्बाददाता

मेलम्ची । मेलम्ची नगरपालिकाले विद्यालयमा कार्यरत बाल विकास शिक्षक, विद्यालय कर्मचारी(लेखापाल) र विद्यालय सहयोगीको तलबमानमा वृद्धि गर्ने भएको छ । शिक्षा समितिको हिजो बसेको बैठकले सो निर्णय गरेको हो । यसै वर्षदेखि लागू हुनेगरी विद्यालय, कर्मचारी, बाल विकास सहजकर्ता, विद्यालय सहायक कर्मचारीको तलबभत्ता निर्धारण गरिएको शिक्षा शाखाका अधिकृत सुधीनराज बुढाथोकीले जानकारी दिनुभयो ।

जसमा विद्यालय सहायक कर्मचारीका लागि सङ्घीय सरकारबाट प्राप्त १३ हजार ५००, नगरपालिकाबाट तीन हजार ५०० थप गरी मासिक पारिश्रमिक १७ हजार निर्धारण गरिएको हो । प्रारम्भिक बाल विकास सहजकर्ताका लागि आठ हजार र नगरपालिकाबाट सात हजार थप गरी १५ हजार निर्धारण गरिएको छ ।

त्यस्तै नगरपालिकाबाट नियुक्त गरिएका बाल विकास सहजकर्ताका लागि नगरपालिकाबाट १५ हजार मासिक तलबको निर्धारण गरिएको बुढाथोकीले जानकारी दिए । कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयका सहयोगीलाई सङ्घीय सरकारबाट प्राप्त ६ हजार ५०० र नगरपालिकाबाट पाँच हजार ५०० थप गरी १२ हजार निर्धारण गरिएको छ । कक्षा १ देखि ८, १ देखि १० र १ देखि १२ सम्म सञ्चालनमा आएको विद्यालयका सहयोगीहरुलाई सङ्घीय सरकारबाट प्राप्त नौ हजार ५०० र नगरपालिकाबाट पाँच हजार थप गरी रु १४ हजार ५०० निर्धारण गरिएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिए ।रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्