काठमाडौं उपत्यकामा लिच्छवीकालीन पचली भैरव जात्रा सोमबार मनाइएको छ ।
जात्रा अन्तर्गत सोमबार काठमाडौंको टेकुस्थित पचली भैरवको पिठबाट पचली भैरवलाई बिभिन्न स्थान हुँदै बसन्तपुर लगिएको थियो । बसन्तपुरमा जीवित देवी कुमारीलाई दर्शन गराउने चलन रहेको छ । धार्मिक मान्यता अनुसार भैरव राष्ट्रका रक्षक हुन् । त्यसैले भैरवलाई देशको रक्षाका लागि क्षेत्रपालको रूपमा राखिने परम्परा छ ।
लिच्छविकालीन राजा गुणकाम देवले पनि कान्तिपुर नगर बसाउँदा राष्ट्रको रक्षाको लागि अष्टमातृकासँगै कान्तिपुर नगरको दक्षिण भेगमा क्षेत्रपालको रूपमा पचली आजुलाई स्थापना गरेको वंशावलीमा उल्लेख छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्