लुम्बिनी प्रदेश सभाको बैठक दिउँसो एक बजे बस्दै

Ad
  • कालोपाटी सम्बाददाता

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक दिउँसो एक बजे बस्दै छ । प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधकै बीच बैठक हुदै । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगर का अनुसार , भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीबाट जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको तथा वातावरण तथा भू(संरक्षणमन्त्री सुरेन्ऽबहादुर हमालबाट वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  पेस हुने  ।

प्रदेश सभा सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रदेश सभा सदस्यहरूले शून्य र विशेष समयमा बोल्ने, आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माबाट सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने प्रदेश सभा सचिवालय ले बताए।

एमालेले तत्कालीन नेकपाबाट निर्वाचित तर वैशाख १९ गते नै माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला खत्री र स्वतन्त्र सांसद अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गर्दै आएको हो । तर उनीहरूलाई पदमुक्त गर्न नमिल्ने प्रदेश सभा सचिवालयले बताइसकेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्