विद्यालयको पानी ट्याङ्की खन्ने क्रममा यहाँ ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवशेष भेटिएको छ । भक्तपुर नगरपालिकास्थित दरबार स्क्वायर परिसरमा रहेको विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा पानी ट्याङ्की खन्ने जमिनको सतहबाट साढे छ फिटमुनि मल्लकालिन ईटा टेपु ल्हाँ चिकं अप्पा तेलीय इँटा फ अप्पा, दाँची अप्पाले बनाइएका पेटीलगायत पुरातात्विक भवनका अवशेष भेटिएको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले उक्त स्थानको अवलोकन गर्नुभएको छ । नगरप्रमुख प्रजापतिले उक्त विद्यालयका विद्यार्थी तथा प्रअ सर्जनी जोशीसँग भेट गरी तत्कालका लागि ट्याङ्की बनाउन र अन्य संरचना निर्माण नगर्न निर्देशन दिनुभएको छ । भेटिएका पुरातात्विक अवशेषको विज्ञद्वारा अनुसन्धान गराउनाका साथै सम्पदा संरक्षणका लागि निर्माण कार्यलाई रोक्न आग्रह गरिएको उहाँको भनाइ थियो । – रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्