पासपोर्टको लागि दैनिक तीन हजारभन्दा बढी आवेदन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पासपोर्टको लागि दैनिक तीन हजारभन्दा बढी आवेदन परिरहेको छ । दशैंपछि नारायणहिटीस्थित राहदानी विभागमा पासपोर्ट बनाउनेहरु भीड अत्याधिक बढेको छ ।

सरकारले विद्युतीय राहदानी ई पासपोर्ट जारी गर्न तयारी भइरहेकाले अत्यावश्यक भएमात्रै पासपोर्ट बनाउन अनुरोध गरिरहेको बेला विभागको क्षमताभन्दा बढी सेवाग्राही आउन थालेका छन् । सामान्य अवस्थामा महिनामा ४० देखि ५० हजारसम्म पासपोर्ट वितरण हुन्छ । तर, पछिल्ला दिनको भीड हेर्दा संख्या दोब्बर हुने देखिएको छ ।

 

अमेरिकी डाइभर्सिटी भिसा डीभी भर्नेहरुका कारण भीड अत्याधिक बढ्न गएको विभागका प्रशासन महाशाखा प्रमुख डिल्लीराम आचार्य बताउछन् । डीभी भर्न केहि वर्षदेखि पासपोर्ट अनिवार्य गरेको छ । अहिले ‘ई डीभी २०२३’ खुला भईरहेको छ । २० असोजदेखि खुलेको ईडीभी फारम २३ कात्तिकसम्म भर्न सकिन्छ ।

 

विभागले भीड बढेपछि आफ्ना जनशक्तिलाई अधिकतम प्रयोग गरेर पासपोर्ट जारी गर्ने काम भइरहेको छ । ‘प्रशासन प्रमुख आचार्यका अनुसार क्षमताभन्दा धेरै सेवाग्राही आए भोलिपल्ट आउने गरी टोकन बाँड्ने गरिएको छ । पछिल्ला दिनमा विभागले लाइनमा बस्ने सबैबाट आवेदन लिन सकिरहेको छैन ।

 

विभागका कर्मचारीका अनुसार रातिदेखि नै सेवाग्राही लाइनमा आएर बस्ने गरेका छन् । आइतबार राहदानी विभाग अगाडिको लाइन लैनचौर चोक हुँदै उत्तर ढोकासम्म पुगेको थियो  विभागको अनौपचारिक अध्ययनका अनुसार डीभी भर्नका लागि नै सेवाग्राहीहरु लाइनमा देखिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्