बाजुरा । बाजुरा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन् ।
चदारा बूढीनन्दा नगरपालिका–५ विरसैनमा तथा कटुवाल बूढीगङ्गा नगरपालिका–८ रिठाबजार नजिकै बूढीगङ्गा नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कटुवाल यही कात्तिक २२ गतेदेखि बेपत्ता थिए । यस्तै चदारा रोजगारीको सिलसिलामा सदरमुकाम मार्तडी आउँदै थिए ।
कटुवालको शव परीक्षणपछि दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको छ भने चदाराको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्