झापा । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले करको दायरालाई फराकिलो बनाउनुपर्ने बताएका छन् ।
आन्तरिक राजस्व कार्यालय भद्रपुर र विर्तामोड उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा झापाको विर्तामोडमा आज आयोजित दशौं कर दिवस कार्यक्रममा उनले साना करदातालाईसमेत समेटेर अघि बढ्नसके मात्र राजस्वमा सुधार आउने बताए ।
वरिष्ठ उपाध्यक्ष ढकालले नेपाली वस्तु उत्पादन गरेर सकेसम्म बढी निर्यात गर्ने र आयात घटाउने हो भने पनि राजस्वमा उलेख्य वृद्धि हुने बताउँदै आन्तरिक उद्योग बढाउन र धेरैभन्दा धेरै मानिसलाई करको दायरामा ल्याउन फराकिलो नीति अवलम्बन गर्न सरकारसँग माग गरेका छन् ।
आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख शुभ रिजालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा साहेबवाला ट्रेडिङ प्रालि भद्रपुरका अजय साहेबवाला, फिक्कल उत्तम स्टोरका कुमार श्रेष्ठ, पाँचथरका जय अम्बे ट्रेर्डस एण्ड सप्लायर्सका राजन काफ्ले र सलिना सप्लायर्सका तिलमाया भट्टराई रहेका छन् ।
त्यसैगरी सो अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा टीकादत्त दाहाललाई पनि सम्मान गरिएको थियो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्