काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २०२ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार २५८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ भने ७ लाख ९८ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्