काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँले मर्यादित ढङ्गले कांग्रेस अधिवेशन सम्पन्न गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ को प्रदेश अधिवेशन आज उद्घाटन गर्दै सभापति बानियाँले पार्टीभित्रको एकतालाई कायम राखेर मर्यादित ढङ्गले कांग्रेस अधिवेशन सम्पन्न गर्न आग्रह गरेका हो । “अधिवेशनले पार्टीभित्र विग्रह ल्याउने काम नहोस्, तिक्तता होइन, आपसी एकता निर्वाचनले कायम गरोस्”, उनले भने । सामूहिकरुपमा सङ्गठनलाई अगाडि बढाउनसमेत बानियाँले आम नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ का सभापति ख्यामराज तिवारीले आमनिर्वाचनमा कांग्रेसलाई बलियो बनाउने खालको नेतृत्व पार्टी अधिवेशनले छनोट गर्नुपर्ने बताए । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज काठमाडौँका १० वटा निर्वाचन क्षेत्रको २० प्रदेशसभामा एकैसाथ निर्वाचन भइरहेको छ । आगामी मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन, १० गते जिल्ला अधिवेशन, १६ र १७ गते प्रदेश अधिवेशन र २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय भएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्